दफा ३४
खाद्य पदार्थ नष्ट गर्ने
(१) यस ऐन बमोजिम अनुगमन, निरीक्षण, जाँचबुझ वा आकस्मिक निरीक्षणको क्रममा कुनै खाद्य पदार्थ स्पष्ट रूपमा देखिने गरी -सडेगलेको, कुहिएको, कीरा परेको वा फोहोर मिसिएको, दूषित खा पदार्थ, उपभोग गरिसक्नु पर्ने अवधि समाप्त भई वा अन्य कारणबाट निर्धारित गुणस्तरभन्दा न्यूनस्तरको रहेको पाइएमा अनुगमन, निरीक्षण वा जाँचबुझ गर्ने अधिकारीले त्यस्तो खाद्य पदार्थ स्थानीय तह वा स्थानीय प्रशासनका -प्रतिनिधिको रोहवरमा उपयुक्त तवरले नष्ट गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम खाद्य पदार्थ नष्ट गर्ने सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।